शुक्रबार, वैशाख १४, २०८१

तराईमा तातो हावा चल्ने, देशभर तापक्रम नघटने

मेरोन्यूज २०८० जेठ २२ गते ६:२२

काठमाडौं । अहिले मुलुकभर पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहेको छ ।

देशको तराईका केही भू–भागहरुमा तातो हावा र लू चल्नेछ । देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ।

दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका ‍एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा तथा बाँकी पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया