मंगलबार, वैशाख ४, २०८१

नक्कली भूटानी शरणार्थी प्रकरणमा : थुनछेक बहस सुरु

मेरोन्यूज २०८० जेठ २१ गते २०:५४

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ ।

सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गरेका थिए । उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त प्रकरणका १२ जना अझै फरार अवस्थामा छन् ।

प्रतिक्रिया