शनिबार, वैशाख ८, २०८१

गर्मी बढेसँगै महोत्तरीका विद्यालय एक साता बन्द

मेरोन्यूज २०८० जेठ २१ गते १९:५२

महोत्तरी । अत्यधिक गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि महोत्तरीका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

जिल्लाका ६ वटा पालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको जनाएको छ ।

जिल्लाका जलेश्वर, मनराशिसवा, बर्दिवास, भंगाहा, गौशाला नगरपालिका र सम्सी गाउँपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द रहने र उक्त बिदा वर्षे बिदामा कट्टा गरिने जनाएका छन् ।

अत्यधिक गर्मीले विद्यर्थीहरूमा आलस्य हुने, पढाइमा मन नलाग्ने, बेहोस भएर ढल्ने जस्ता समस्या देखिन थालेपछि विद्यालय सोमबारबाट बिदा गर्ने निर्णय गरिएको बर्दिवास नगरशिक्षा शाखाका प्रमुख गणेश दाहालले बताए ।

प्रतिक्रिया