शनिबार, वैशाख १५, २०८१

देशभर तीन जनाको शव फेला

मेरोन्यूज २०८० जेठ २१ गते १८:३४

काठमाडौँ । काठमाडौँ महानगर ११ सुन्धारास्थित भेनस क्लबको पार्किङमा सोही ठाउँका ५० वर्षीय कालु शाहीको शव फेला परेको छ ।

यस्तै, धनुषा जिल्लाको मिथिला नगरपालिका ६ कृषि बजारस्थित चौतारीमा ढल्केबरस्थित श्रीराम होटल एण्ड लजमा काम गर्ने एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार सिन्धुली दुधौली नगरपालिका २ भलुही बस्ने ३८ वर्षीय खिलनाथ अधिकारी आइतबार शव फेला परेको हो ।

प्रहरीका अनुसार मोरङ कानेपोखरी गाउँपालिका २ चिसाङ खोलास्थित चिसाङघाटको मलामी आराम गर्ने कोठामा विगत तीन वर्षदेखि बस्दै आएका नाम खुल्न नसकेको ६५ वर्षीय पुरुष शव फेला परेका छन् । यी घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया