बिहीबार, वैशाख १३, २०८१

शिकारीले हानेको गोली लागेर युवतीको मृत्यु

मेरोन्यूज २०८० जेठ २१ गते १८:०३

काठमाडौँ । कालिकोटको नरहरीनाथ गाउँपालिका ५ रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ ।

जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् ।

घाइते उनको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतकको आजै पोष्टमाटम गरी अन्तेष्टी गरिएको छ ।

उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया