शनिबार, वैशाख ८, २०८१

निर्जीवन बीमा कम्पनीहरुले कति आर्जन गरे बिमा शुल्क ?

मेरोन्यूज २०८० जेठ २१ गते १७:१०

काठमाडौं। निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख सम्ममा ३२ अर्बमाथि कुल बिमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बिमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यस अवधिसम्मा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमा व्यवसाय गर्न सफल भएको छ।

कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया