शनिबार, वैशाख १५, २०८१

आसाममा १६ करोडको लागु औषध बरामद

मेरोन्यूज २०८० जेठ २१ गते १६:५९

काठमाडौँ । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागु औषध बरामद गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद भएको हो ।

गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले शनिबार राति सिलचरको कातागष्टल क्षेत्रमा अप्रेसन गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् ।

‘हामीले २.२ किलोग्राम हेरोइनसहितको १४३ साबुनका बट्टा बरामद गरेका छौँ, सोको अभियोगमा दुई जना अभियुक्तलाई पक्राउ गरेका छौँ,’ उनले भने, ‘बरामद लागु औषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ, हाम्रो अनुसन्धान जारी छ ।’

साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागु औषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

प्रतिक्रिया