बिहीबार, वैशाख ६, २०८१

रास्वपा सांसदले दर्ता गराए डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव

मेरोन्यूज २०८० जेठ २१ गते १६:२२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पाटीले प्रतिनिधिसभा बैठकमा संकल्प प्रस्ताव दर्ता गरेको हो । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै नेपालमा गम्भिर समस्या आउनु अगाडी नै सावधानीका उपाय अपनाउनका लागि संकल्प प्रस्ताव दर्ता गरेका हु्न ।

राष्ट्रिय स्वतन्त्र पाटीले सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायतका विषयमा समयमा नै नागरिकलाई सचेत गराउन,पूर्वसावधानीको समयमै तयारी एवं पहलकदमी गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसदबाट निर्देशन जारी हुन आवश्यक रहेको रास्वपाले दर्ता गरेको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

विराजभक्त श्रेष्ठका अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको र डेंगु रोगका लागि प्रभावकारी औषधि हालसम्म पत्ता लागिनसकेले नेपालले डेंगू रोगबाट बच्न र बचाउनका लागि जनतामा सचेतना ल्याउनका लागि सरकारले विशेष पहल गर्नुपर्नेछ ।

प्रतिक्रिया