शुक्रबार, चैत १६, २०८०

कारभन्दा महंगा साइकल चड्छन् यी कलाकार

मेरोन्यूज २०८० जेठ २१ गते १५:३०

काठमाडौं । बलिउड स्टारले एकभन्दा महँगो र लग्जरी कार चड्ने गर्छन । त्यहीँ केही सेलिब्रेटी भने साइकलका साैखिन छन् ।

अभिनेता सुरज पञ्चोल चड्ने साइकलको मुल्य ५ लाख भारु बढीको रहेको भारतीय मिडिया रिपोर्टले जनाएको छ ।

अभिनेता आयुश्मान खुराना साइकलका लिनै सौखिन छन् । रिर्पोटका अनुसार उनको साइकलको बजारमुल्य करिब ३ लाख भारु रहेको छ ।

रणवीर कपुर पनि साइकल चलाउन अत्यन्तै मन पराउँछन् । उनी साइकलमा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने गछर्न । रिर्पोटका अनुसार उनी चड्ने साइकलको मुल्य १ लाख पचासहजार भारु रहेको छ ।

सारा अलि खान पनि साइकल प्रेमी मानिन्छिन् । उनले चलाउने साइकलको मुल्य करिव १५ हजार पर्ने बताइएको छ ।

Advertisement

बलिउड अभिनेता सलमान खानलाई पनि साइकल चलाउन औधी मन पर्छ । रिर्पोटका अनुसार उनी चड्ने साइकलको मुल्य ४० हजार भारु रहेको छ ।

साहिद कपुर साइकलका दिवाना नै छन् । उनी करिव १ देखि २ लाख सम्मको साइकल चड्ने गर्छन् ।

प्रतिक्रिया