बिहीबार, वैशाख १३, २०८१

अर्थमन्त्रीसँग वार्ता भएलगत्तै शेयर बजारमा उछाल

मेरोन्यूज २०८० जेठ २१ गते १५:०४

काठमाडौं । अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अंकले बढेर १,९१६ दशमलव ६० को विन्दुमा कायम भएको हो ।

आइतबार २१७ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीमो मात्रै घटेको छ । आज दिनभरिमा २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

त्यस्तै सोल्टी होटलको ८ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आजै अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएकाे थियाे । सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका हुन् ।

प्रतिक्रिया