शुक्रबार, वैशाख १४, २०८१

पुँजीगत लाभकर नै अन्तिम कर हुने भएपछि सेयर बजारमा उत्साह

मेरोन्यूज २०८० जेठ २१ गते १४:१३

काठमाडौं । अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो ।  आज दिउँसाे २ः१५ सम्म सेयर बजारमा ५४ अंककाे वृद्वि भएकाे छ ।

आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने  स्पष्ट गराए । यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ । 

 सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन् । फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ । कारोबार पनि नियमित सुचारु हुन थालेको छ । 

प्रतिक्रिया