बुधबार, वैशाख १२, २०८१

महिला टी-ट्वान्टी क्रिकेटः मलेसियासँगको शृंखलाको उपाधि नेपाललाई

मेरोन्यूज २०८० जेठ २१ गते ११:५७

काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित गरेको होे ।

पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो । घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य पाएको नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको हो ।

अन्तिम खेलअघि शृंखला २—२ को बराबरीमा थियो ।

प्रतिक्रिया