ओडिशा रेल दुर्घटनाः मृत्यु हुने २८८ पुगे, ११ सय बढी घाइते
मेरोन्यूज
२०८० जेठ २१ गते ११:३५

काठमाडाैं । ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । त्यस्तै ११ सयभन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा तीनवटा रेल एक आपसमा ठोक्किएका थिए। प्रारम्भिक अनुसन्धानमा कोरोमण्डल एक्सप्रेस बहनगा बजार स्टेसन अगाडि मेन लाइनलाई छाडेर लुप लाइनमा चलेको खुलेको छ। त्यस पश्चात उक्त रेल पहिले नै रोकिएको मालगाडीसँग ठोक्किएको थियो। दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र सुपरफास्ट एक्सप्रेसका केहि डिब्बा पटरीबाट उछिटिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपराह्न ४ बजे घटनास्थल पुगेका थिए । उनले अस्पतालमा घाइतेहरुलाई भेटेर दुर्घटनामा दोषी जो कोही पनि नछुट्ने बताएका थिए ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया