शनिबार, वैशाख १५, २०८१

खाणको पक्षबाट २ पूर्वमहान्यायाधीवक्ता, बार अध्यक्षसहित डेढ दर्जनले बहस गर्ने

मेरोन्यूज २०८० जेठ २१ गते ८:००

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ पूर्वमहान्यायाधीवक्तासहित दर्जन बढीले बहस गर्ने भएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव बहस गर्दैछन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।

त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए ।

त्यसबाहेक हरिहर दाहाल योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन् ।

खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ता धेरैको संख्या धेरै छ । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ खातीले मेरोन्यूजसँग भने ।

खातीले दर्जनजति वरिष्ठ अधिवक्ताले बहस गर्ने जानकारी दिए ।

प्रतिक्रिया