शुक्रबार, वैशाख १४, २०८१

नेपाल र मलेसियाबीचको महिला टि-२० क्रिकेटको श्रृंखलाको अन्तिम खेल हुँदै

मेरोन्यूज २०८० जेठ २१ गते ७:१०

काठमाडौं । महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुदैँछ । महिला टि–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिडन लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुवै देश बिजयका लागि मैदानमा उत्रने छन् । 

प्रतिक्रिया