मंगलबार, वैशाख ११, २०८१

एक लाखको पुरस्कार जय क्याम्पसको पोल्टामा

मेरोन्यूज २०८० जेठ २० गते २०:०६

काठमाडौँ । एसवाई बजार कम्पनीले आयोजना गरेको इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ ।

ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा सम्पन्न प्रतियोगितामा सो क्याम्पस विजयी भएको हो । प्रतियोगिताको दोस्रो विजेता पाटन बहुमुखी क्याम्पस र तेस्रो विजेता विनायक सिद्ध कलेज भएका छन् ।

फुटसल प्रतियोगितामा ३२ भन्दा बढी निजी तथा सरकारी कलेजका विद्यार्थीहरू सहभागी रहेका थिए । एसवाई बजारका निर्देशक बिमलराज गोसाईका अनुसार प्रतियोगतामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र, पदक र ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।

कम्पनीले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता ५/५ हजार रूपैयाँ नगर सहित पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया