बिहीबार, वैशाख १३, २०८१

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

मेरोन्यूज २०८० जेठ २० गते १९:०१

काठमाडौँ । नेपालमा आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री आइपुगेकी छन् ।

आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,’ उनले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।’

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जिन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका हुन् ।

भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरू नेपाल आएकी हुन् । यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।

प्रतिक्रिया