शुक्रबार, वैशाख १४, २०८१

स्वदेश आइपुगे प्रधानमन्त्री प्रचण्ड

मेरोन्यूज २०८० जेठ २० गते १८:३८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर स्वदेश आइपुगेका छन् । उनी इन्दिरा गान्धी विमानस्थलबाट स्वदेश आइपुगेका हुन् ।

प्रचण्ड शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई भारतमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा व्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणालीलगायतका विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सम्झौता गरेका थिए ।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

यस्तै, प्रधानमन्त्रीले शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजासमेत गरेका थिए ।

प्रतिक्रिया