शुक्रबार, वैशाख १४, २०८१

मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन बिक्री ८२ प्रतिशतले बढ्यो

मेरोन्यूज २०८० जेठ २० गते १८:२६

काठमाडौँ । चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिक रूपमा ८२ प्रतिशतले बढेको पाइएको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ । विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कूल चार लाख ८३ हजार वटा त्यस्ता सवारी साधन बिक्री भएको थियो ।

यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७।२९ मिलियन युनिट पुगेको छ ।

सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा विक्री प्रवर्द्धन, केन्द्र र स्थानीय सरकारद्वारा ल्याइएका उपभोग अनुदान नीतिलाई प्रश्रय दिएको छ ।

प्रतिक्रिया