बिहीबार, वैशाख १३, २०८१

रुखबाट खसेर एक युवाको मृत्यु

मेरोन्यूज २०८० जेठ २० गते १८:११

बाजुरा । जिल्लामा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । बडिमालिका नगरपालिका ७ ढम्कनेमा गाई वस्तुलाई घाँस काट्न गएका बेला रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडासदस्य लोकेन्द्र रोकायाले बताए ।

रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिबार बिहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया