मंगलबार, वैशाख ४, २०८१

पश्चिमी अष्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन युवक पक्राउ

मेरोन्यूज २०८० जेठ २० गते १६:२७

काठमाडौँ । अष्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार ८०० किलोग्रामभन्दा बढी कोकिन बरामद गरेको छ । सो लागु पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार मे २४ मा पश्चिमी अष्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै संकटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो ।

बोर्डमा रहेका तीन जना पुरुषले प्रहरीलाई बताएअनुसार उनीहरूले जहाजको इन्जिनमा समस्याको देखेको तर डुंगा चलाउने अनुभव नभएको बताएका थिए ।

ती व्यक्तिको शंकास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरीक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्यांकीमा २९ वटा शंकास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै प्रतीत भएको छ, थप अनुसन्धान जारी छ ।

तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् ।

दोषी प्रमाणित भएमा उनीहरुलाई अधिकतम आजीवन कारावासको सजाय हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया