शुक्रबार, चैत १६, २०८०

बाहुबली बनाउन राजामौलीले लिएका थिए दुई सय करोड ऋण

मेरोन्यूज २०८० जेठ २० गते १४:४१

काठमाडौँ । फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीलाई लिएर एक आश्चर्यजनक खबर बाहिर आएको छ ।

फिल्मका अभिनेता राणा दग्गुबातीले एक इभेन्टमा राजामौलीले फिल्मका लागि दुई सय करोड ऋण लिएको खुलासा गरेका हुन् ।

उनका अनुसार राजामौलीले २४ प्रतिशत ब्याजमा साढे पाँच वर्षका लागि उक्त ऋण लिएका थिए । फिल्ममा राणा दग्गुबातीले भिलेनको भूमिका निर्वाह गरेका छन् ।

‘३–४ वर्षपहिले फिल्म बनाउनका लागि निर्माताहरु आफ्नो घर र सम्पत्ति बैंकमा धितो राखेर ऋण लिन्थे र पैसा बैंकलाई फिर्ता दिएपछि आफ्नो सम्पत्ति पनि फिर्ता लिन्थे, राजामौलीले पनि २४ प्रतिशत व्याज तिर्ने शर्तमा यस्तै ऋण लिएका थिए’, दग्गुबातीले भने ।

Advertisement

प्रतिक्रिया