कांग्रेस विधिबाट पार्टी चलेको भए असन्तोष सुन्न पर्दैन थियो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । शनिबार पार्टीको जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता सिंहले नियम र विधिबाट पार्टी सञ्चालन हुनु पर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए । उनले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताएका थिए ।
‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ, विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कही पनि सुन्न पर्दैन थियो, अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौती सामना गर्नु पर्ने छैन,’ उनले भने, ‘बाँकी समय केन्द्रीय कार्य समिति, पार्टी सभापति ज्युले सम्पन्न गर्नु पर्ने, पदाधिकारीले गर्नु पर्ने सबै काम गरेर बाँकी समयलाई कांग्रेस आउने दिनको चुनौती सशक्त रुपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ ।’
नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरुबीच समन्वय हुन आवश्यक देखिएको बताए ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया