विवाह बन्धनमा बाँधिइन् सोविता गौतम
मेरोन्यूज
२०८० जेठ १९ गते १८:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी गृहेन्द्र घिमिरेसँग लगनगाँठो कसेकी हुन् ।
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा दुबै परिवारका सिमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।
गृहेन्द्र हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् । स्रोतका अनुसार घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए ।
सोविता हाल जापानमा छिन्। उनी पार्टीको कामको सिलसिलामा जापान गएको स्रोतले बतायो ।
सम्बन्धित
प्रतिक्रिया