शुक्रबार, वैशाख १४, २०८१

नेपाल टेलिकमको नयाँ अफर, ६३६ रुपैयाँमा पाउनेछन् यी सुविधा

मेरोन्यूज २०८० जेठ १९ गते १७:५९

कठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड ६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफरअन्तर्गत ६३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ । अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।

त्यसैगरी यसअन्तर्गत पहिले प्रत्येक दिन तीन सय मबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट नौ जीबी डाटा उपलब्ध हुनेछ । पहिले सो तीन सय एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्ने छन् ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड ६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नु पर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया