शुक्रबार, चैत १६, २०८०

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को टिम चढेको बस दुर्घटना

मेरोन्यूज २०८० जेठ १९ गते १४:४३

काठमाडौं । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ को टिम सडक दुर्घटनाका परेको छ ।

रिपोर्टका अनुसार टिम बुधबार तेलंगानाबाट सुटिङ सकेर आन्ध्र प्रदेश फर्कदै थियो । सो क्रममा टोलीको बसले सडकमा रोकिएको अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटना बुधबार बिहान हैदराबाद-विजयवाडा राजमार्गमा नरकेटपल्ली नजिक भएको बताइएको छ।

सञ्चारमाध्यमका अनुसार बसमा सवार २ कलाकार गम्भिर घाईते भएका छन् । यसबाहेक टोलीका अन्य कलाकार पनि घाइते भएका छन् । तर, अहिलेसम्म दुर्घटनाबारे पुष्प २ को टोलीबाट आधिकारिक जानकारी आएको छैन ।

प्रतिक्रिया