बिहीबार, वैशाख १३, २०८१

हलिउड अभिनेता ड्यानी मास्टरसन बलात्कार मुद्दामा दोषी ठहर

मेरोन्यूज २०८० जेठ १९ गते १२:०९

हलिउड अभिनेता ड्यानी मास्टरसन बलात्कारको दुईवटा मुद्दामा दोषी ठहर भएका छन् ।

१२ सदस्यीय निर्णायक मण्डलले अमेरिकाको लस एन्जलस अदालतमा अभिनेतामाथि ७ दिनसम्म बलात्कारको आरोपको सुनुवाइ गर्दै उनलाई दोषी ठहर गरेको हो । उनलाई करिब ३० वर्षको जेल सजाय हुन सक्छ । यस विषयमा अर्को सुनुवाई अगस्ट ४ मा हुनेछ।

सन् २००३ मा मास्टरसनविरुद्ध महिला बलात्कारका तीनवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए । यद्यपि, तेस्रो मुद्दामा, निर्णायकले निष्कर्षमा पुग्न सकेन। हाल, मास्टरसन हिरासतमा छन्।

प्रतिक्रिया