बिहीबार, वैशाख १३, २०८१

इजलासमा शेर्पाको बयान : प्रहरीले हिरासतमा कुटेर घाइते बनायो

मेरोन्यूज २०८० जेठ १९ गते १०:३५

काठमाडौँ । नक्कली भुटानी शरणर्थी प्ररकणमा पक्राउ परेका पूर्वसांसद तथा नेपाली कांग्रेसका महासमिति सदस्य आङटावा शेर्पाले प्रहरी आफूलाई हिरासतमा कुटेर घाइते बनाएको बयान दिएका छन् ।

बिहीबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा पूर्वसांसद शेर्पाले प्रहरीले हिरासतमा आफूलाई कुटेको बयान दिएका हुन् ।

प्रहरीले खोजी गर्न लागेको थाहा पाएपछि आफै उपत्यका प्ररही कार्यालय रानीपोखरीमा आत्मसमर्पण गरेका शेर्पालाई त्यसैदिन महानगरयि प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको थियो ।

त्यसै राति शौचालयमा लडेको भन्दै प्रहरी अर्को दिन बिहान ४ बजे ट्रमा सेन्टरमा उपचारका क्रममा लगेको थियो । उनको टाउकोमा ९ टाका लगाइएको थियो । तर, आफू घाइते शौचालयमा लडेर घाइते भएको नभइ प्रहरीले कुटेर घाइते भएको न्यायाधीश उपस्थित इजलासको बयानमा शेर्पाले दिएका छन् ।

‘म घाइते छु श्रीमान । प्रहरीले मलाई कुटेर घाइते बनाएको छ,’ शेर्पाले इजलासमा लिइएको बयानमा भने, ‘टाउकोमा ९ टाका लगाइएको छ । पूर्वसांसदलाई कुटेर घाइते बनाइ बयान लिइएको छ । प्रहरीले बयानका क्रममा लेखेका विषय केही मात्रै मेरा भए पनि धेरै डर, त्रास र करकाप पारेर लेखिएको छ ।’

पूर्वसांसद शेर्पाले शरणार्थी प्रकरणका योजनाकार मध्येका सानु भण्डारीका दाजु राजु भण्डारीसँग आफ्नो कारोबार रहेकाले लेनदेन भएको बताएका छन् । सानु पक्राउ परेपछि उनका दाइ राजुलाई ३० लाख दिएर शेर्पाले ‘कागज’ बनाएको आरोप प्रहरीले लगाएको थियो ।

इजलासमा शेर्पाले लेनदेन भएको कागल पेस गर्दै बयानमा भने, ‘राजु भण्डारीसँग मेरो लेनदेन कारोबार छ । अहिले जे आरोप लगाइएको छ, त्यो सत्य होइन । कारोबार मिलाउन लेनदेन भएको हो ।’

प्रतिक्रिया