बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

मेरोन्यूज २०८० जेठ १९ गते ६:४६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन जाँदैछन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नेछन् ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् । 

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाल पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

प्रतिक्रिया