शनिबार, वैशाख ८, २०८१

लियोनल मेस्सीले छाडे पीएसजी, अन्तिम खेल शनिबार खेल्दै

मेरोन्यूज २०८० जेठ १८ गते १८:३५

काठमाडौँ । विश्वविजेता अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट(जर्मेन (पीएसजी) छाड्ने भएका छन् । उनले उक्त क्लबबाट अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने भएका छन् ।

पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीले क्लब छाडेको पुष्टि गरेका हुन् । उनले भने, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्टविरुद्ध हुनेछ, मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ ।’

सन् २०२१ मा बार्सिलोना छाडेर मेस्सी पीएसजीसँग आबद्ध भएका थिए । फ्रेञ्च मिडियाहरुले मेस्सी पुनः क्याम्प नाउ अर्थात बार्लिलोनामा फर्किन सक्ने जनाएको छ ।

उनलाई इन्टरमियामीसँगै एसियाली क्लबहरूले पनि राम्रो प्रस्ताव राखिरहेको समाचारमा जनाइएको छ । यसअघि साउदी अरेबियाको अल–हिलाल मेस्सीसँग सम्झौता गर्ने अन्तिम तयारीमा रहेको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया