आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेट

मेरोन्यूज २०८० जेठ १८ गते १८:०१

काठमाडौँ । चार दिने भ्रमणका लागि भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

Advertisement

नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए । लगत्तै दुई देशबीच विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेट गरेका थिए ।

प्रतिक्रिया