शुक्रबार, वैशाख ७, २०८१

भारतलाई तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा

मेरोन्यूज २०८० जेठ १८ गते १४:५२

काठमाडौँ । तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । नेपालले तल्लो अरुणको जिम्मा भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा तल्लो अरुण जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो । 

सम्झौता पत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ । यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ । 
 
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने लक्ष्य लिएको जानकारी दिए । 

प्रतिक्रिया