शुक्रबार, वैशाख १४, २०८१

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित

मेरोन्यूज २०८० जेठ १८ गते ११:५९

काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी–२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियलाई २७ रनले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि सीता रानामगरले २१, ज्योती पाण्डेले २३, इन्दू बर्माले २० र कप्तान रुबिना क्षेत्रीले २७ रन जोडे ।

बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन्।

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो। उसका लागि महिरा इस्माइलले नटआउट ४४, रन जोडिन् ।

बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १,१ विकेट लिए।

प्रतिक्रिया