शुक्रबार, चैत १६, २०८०

क्यानाडामा स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न

मेरोन्यूज २०८० जेठ १७ गते १३:१६

काठमाडौँ । ग्रेट नटराज फिल्म्स प्रा।लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा भव्यताका साथ सम्पन्न भएको छ ।

आयोजक प्रशान्त कुमार आग्री, मदन गजमेरले स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानाडामा सम्पन्न गर्नुले ठुलो अर्थ राखेको बताएका छन् । नेपाली सांगीतिक र कलाकारीता क्षेत्रमा थप टेवा पुगेको उनीहरुले संयुक्त रुपमा बताएका छन् । ठुलो समुहमा गएका कलाकारहरुको सांगीतिक प्रस्तुतिले तहल्का पिटेका थिए भने स्वदेशमा पनि कमै मात्रमा यतिको भव्य कार्यक्रम हुने गरेको उपस्थित दर्शकहरुको भनाइ छ ।

ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीसहित सम्पन्न भएको उक्त कार्यक्रम विदेशमा हुने अवार्ड कार्यक्रमहरु मध्येकै उत्कृष्ट रहेको सहभागीहरुले बताएका छन् । गायिका टिका पुन, निर्देशक गन्भिर विष्ट, मोडल सुधिर श्रेष्ठ, कोरियोग्राफअर नविनराज गहतराज,निर्देशक उज्ज्वल केसी तथा टप ५ मा पर्न सफल कलाकारहरुको बेजोड प्र्स्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो ।

टप ५ मा पर्न सफल प्रतिस्पर्धीहरुमध्येबाट गम्भिर विष्ट- सर्वोत्कृष्ट निर्देशक-चस्मा, स्‍मृति शाही, सर्वोत्कृष्ट गायिका -रेलको बाटो, शुवल थापा- सर्वोत्कृष्ट निर्देशक- दाइको साली, सुरेन बस्याल-सुतारी, नविन निरौला-सर्वोत्कृष्ट भिडियो सम्पादक- छुनु मुनु, मान सिंह खडका- सर्वोत्कृष्ट गायक-प्यारो मान्छे, सुस्मा अधिकारी- सर्वोत्कृष्ट मोडल- साथमा, सुधिर श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- माया बस्ला बस्ला, खेम ओली- सर्वोत्कृष्ट गायक- बेलाको पात, रोशन श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- लाहुरे सिपाही, हेरुका लामा- सर्वोत्कृष्ट कोरियोग्राफर- चम चम, प्रकाश श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- मेरो जीवन तिमी हौ, मनोज विक- सर्वोत्कृष्ट कोरियोग्राफर- जाले रुमाल, अनिल थापा सर्वोत्कृष्ट मोडल, प्रेम कुमार भारती – सर्वोत्कृष्ट गायक- पिरतिको खेती, बसन्ता राइ- बेबी बसन्त सिङगर, रोशन केसी -मोडल – जुम्ला, दिपास बिसी- सर्वोत्कृष्ट मोडल- निलो पटुकी, ध्रुव पुन मगर- सल्लेरीना सालले अवार्ड हात पारे ।

कार्यक्रमको सञ्चालन भने नरेश भट्टराइले गरेका थिए । ग्रेट नटराज फिल्म्स प्रा.लिका अध्यक्ष अशोक बिकले सम्पूर्ण सहभागी दर्शकहरुलाई धन्य्वाद ज्ञापन गरेका छन ।

Advertisement

प्रतिक्रिया