जापानमा नेपालीलाई बेसबल सिकाउँदै ईश्वर थापा

काठमाडौँ । जापानमा रहेका नेपालीहरूलाई “निप्पोन एसिया बेसबल फ्रेण्ड क्लब लालिगुराँस” संस्थामार्फत बेसबल सिकाइएको छ ।
सन् १९९९ मा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नेपाललगायत विश्वका विभिन्न देशमा बेसबलको विकास र विस्तारका निम्ति महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
संस्थाका वर्तमान अध्यक्ष ईश्वर थापा बेसबल खेल्नका लागि सन् २००९ मा नेपालबाट जापान पुगेका थिए । थापा पहिलो नेपाली व्यावसायिक बेसबल खेलाडीसमेत हुन् । उनले जापानका व्यावसायिक क्लब ‘०६ बुलस्’लगायत दुई क्लबबाट व्यावसायिक खेल खेलेका थिए ।

लालिगुराँस संस्थाकै माध्यमबाट जापान आएर व्यावसायिक खेलाडी अनुभव बटुलेका थापाले जापानी बच्चाहरूलाई ट्रेनिङसमेत दिएका थिए ।
हाल नेपालको विभिन्न स्थानहरूमा थापाको अगुवाइमा बेसबल प्रतियोगिता र बेसबलसम्बन्धि तालिम तथा जानकारी दिँदै आएको छ ।
आगामी दिनमा जापानमा रहेका नेपालीलाई समेटेर बेसबल क्लब निर्माण गर्ने योजना रहेको थापा बताउँछन् । यसका लागि उनले यही मे बाट प्रत्येक महिना निरन्तर रुपमा कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया