शुक्रबार, चैत १६, २०८०

नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को : रेड्मी १२ सी

मेरोन्यूज २०८० जेठ १६ गते १७:१०

काठमाडौँ । नेपाली स्मार्ट फोन बजारमा उपलब्ध कम मुल्यका सेटहरूमध्ये रेड मी १२ सी सबैभन्दा शक्तीशाली सेट हो । सुरुवाती मूल्य करिब १३ हजार रुपैयाँ रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्दछ ।

रेड्मी १२ सीको ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र १३ हजार ४९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहने ग्राहकहरूका लागि ४ जीबी +६४ जीबी भेरियण्ट मात्र १४ हजार ४९९ रुपैयाँ र ६ जीबी +१२८ जीबी भेरियन्ट मात्र १६ हजार ९९९ मा उपलब्ध छ ।

बेस भेरियण्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरूबिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्ने छन् । साथै ६ जीबी +१२८ जीबीको भेरियण्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ ।

जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ । यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनका लागि यो फोनमा ठूलो पाँच हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

Advertisement

आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा परिचित छ ।

प्रतिक्रिया