शनिबार, वैशाख ८, २०८१

हलिउड रिपोर्टरले कार्यक्रममै विवाहको प्रस्ताव राखेपछि सलमानले दिए यस्ताे जवाफ

मेरोन्यूज २०८० जेठ १६ गते १२:२०

काठमाडौं । सलमान खान हालै आइफा अवार्डमा सहभागी भएका थिए । उक्त समाराेहमा उनीसँग एउटा रमाइलो किस्सा भएको छ ।

कार्यक्रममा हलिउड रिपोर्टरले सलमानलाई विवाहको प्रस्ताव राखेकी थिइन् । ती महिलाले आफू सलमानलाई भेट्न निकै लामो यात्रा गरेको बताइन् । साथै पर्दामा देखेपछि आफू उनकाे प्रेममा परेकाे बताइन् ।

महिलाको प्रस्तावमा सलमानले आफ्नो बिहेका दिन सकिएको बताए । सलमानले ती महिलालाई भने, ‘तपाईं २० वर्षअघि भेटेको भए म केही सोच्ने थिएँ ।’ यति भन्दै सलमान र त्यहाँ उपस्थित मानिसहरु हाँस्न थाले।

सलमानलाई विवाहकाे प्रस्ताव आएकाे यो पहिलो पटक होइन । ५७ वर्षीय सलमानलाई धेरै युवतीले विवाहको लागि सोधिरहेका हुन्छन् तर उनको जवाफ सधैँ ‘नाइँ’ रहन्छ।

सलमानले बिवाह गर्नेबारे नसोचेको पनि होइन । धेरै पटक उनी बिहे गर्ने तयारीमा थिए तर अन्तिम समयमा कुनै न कुनै कारणले कुरा बिग्रि रहन्थ्याे । याे कुरा सलमानले आफै पनि बताउने गरेका छन्।

प्रतिक्रिया