शनिबार, वैशाख ८, २०८१

निशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता

मेरोन्यूज २०८० जेठ १५ गते १८:५६

काठमाडौं । सरकारले विद्यालय तहका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकशशरण महतले आगामी आर्थिक् वर्षको बजेटमा त्यस्तो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

यसका लागि रु १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले बताए । यसबाट करीव १० लाख छात्रा लाभान्वित हुने देखिन्छन् ।

प्रतिक्रिया