शुक्रबार, चैत १६, २०८०

नेपाल घुम्न आइन् पाकिस्तानी टिकटकर अलिजेह

मेरोन्यूज २०८० जेठ १५ गते १३:२४

काठमाडौं । नेपाली लोकप्रिय टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानकी टिकटकर अलिजेह जमाली प्राय लाइभमा एकअर्कासँग जाेडिएका हुन्छन् । लाखौंको संख्याले उनीहरुको लाईभ हेर्ने गर्छन् ।

हाल दुबईमा बस्दै आएकी अलिजेह आयुषको निमन्त्रणामा आइतबार नेपाल आइपुगेकी छन् । अलिजेहलाइ नेपालमा स्वागतमा गर्न आयुष सुरक्षा गार्डसहित एयरपाेर्ट पुगेका थिए ।

आइतबार साझ दुवैजना एकसाथ लाइभमा जोडिएका थिए । यसक्रममा उनीहरुलाई हेर्नेको संख्या २ लाख माथी पुगेकाे थियो । टिकटक लाइभमा यो संख्या अत्यधिक हो ।

अलिजेहले नेपाल बसाईका क्रममा म्यूजिक भिडिओमा अभिनय गर्ने आयुषले लाइभमार्फत बताएका छन् ।

Advertisement

प्रतिक्रिया