रेशम चौधरीको स्वागतमा आउन नागरिक उन्मुक्तिको आग्रह
मेरोन्यूज
२०८० जेठ १४ गते २१:३५

काठमाडौँ । टीकापुर हत्या काण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसको दिन भोलि जेलबाट छुट्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने भएका हुन् । उनी भोलि बिहान साढे आठ बजे छुट्ने भएका हुन् ।
यसैबीच पार्टी पंतिलाई रेशमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले आग्रह गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया