शनिबार, वैशाख १५, २०८१

त्रिनगर ब्यारेलबाट लागू औषधसहित एक जना पक्राउ

मेरोन्यूज २०८० जेठ १४ गते २०:४९

धनगढी । कैलालीको धनगढीबाट प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट २ सय ७० मिलिग्राम लागूऔषधसहित २६ वर्षीय सन्तोष शाही पक्राउ परेका हुन् । उनी धनगढी उपमहानगरपालिका २ का स्थानीय हुन् ।

शाहीलाई आइतबार दिउँसो प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया