टीकापुरमा बस दुर्घटना, ११ जना घाइते
मेरोन्यूज
२०८० जेठ १४ गते २०:२१

टीकापुर । कैलालीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका १ दुर्गौली चोकमा ना ६ ख ८८३३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएकोमा उनीहरूको टीकापुर अस्पालमा उपचार भइरहेको छ र ५ जना सामान्य घाइते रेहेका छन् ।
बस धनगढीबाट टीकापुरतर्फ आउँदै गर्दा दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इञ्चार्ज लक्ष्मण कुँवरले बताए ।
सम्बन्धित
प्रतिक्रिया