बिहीबार, वैशाख १३, २०८१

पानी परेपछि आईपीएलको खेल ढिला हुँदै

मेरोन्यूज २०८० जेठ १४ गते २०:११

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल रोकिएको छ । वर्षाका कारण खेल हुन नसकेको हो ।

आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साविक विजेता गुजरात टाइटन्स (जीटी) र चेन्नई सुपर किंग्स (सीएसके)बीच फाइनल खेल हुँदै छ । अहिले अहमदाबादमा पानी परिरहेको छ । वर्षाका कारण टस ढिला भएको हो ।

आईपीएलका अध्यक्ष अरुण धुमालले पानी परे पनि खेल सुरु हुनका लागि अन्त्यसम्म पर्खिने बताएका छन् । आवश्यक परे सुपर ओभरमा नतिजा निकालिने उनको भनाइ थियो ।

प्रतिक्रिया