शुक्रबार, वैशाख १४, २०८१

ललितपुरमा एक महिनासम्म जुत्ता चप्पल मेला हुँदै

मेरोन्यूज २०८० जेठ १४ गते १९:५०

काठमाडौँ । आगामी ज्येष्ठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला २०८० हुने भएको छ । आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिएको हो ।

मेलामा ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताए । उनले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीलाई राहत दिने उद्देश्य पनि रहेको बताए । मेलामा नेपालमा नै उत्पादित चर्चित नौ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा तीन हजारभन्दा बढीका मेडल र डिजाइनका
जुत्ता चप्पल उपलब्ध हुने छन् ।

मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा तीन लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया