शनिबार, वैशाख ८, २०८१

जन्मकैदको सजाय काटिरहेकालाई माफी दिएर सरकारले दण्डहीनता देखायो : कुन्दन अर्याल

मेरोन्यूज २०८० जेठ १४ गते १९:३८

काठमाडौँ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् । उनले क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने बताए ।

उनले चौधरीलाई आम माफी दिनु भनेको र देशमा कानूनको उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय हुँदैन भन्ने सन्देश पुग्ने बताए । उनले राज्यले बलमिच्याइँका साथ दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेचत आँच आउने स्पष्ट पारे ।

डा. अर्यालले यस्ता घटनाक्रमले लोकतन्त्रलाई झनै अफ्ठ्यारो बनाउने उल्लेख गरे । उनले सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई आम माफी दिनु नहुने बताए ।

उनले माओवादीलाई यो आममाफीबाट द्वन्द्व कालका गम्भीर अपराधका घटना सुल्झाउन झनै सहज बनाएको बताए । उनले राजनीतिको नाममा अपराधले संरक्षण पाउनु नहुने पनि उल्लेख गरे ।

अध्यक्ष अर्यालले नागरिक समाजले यसविरुद्धमा सरकारलाई दबाब दिनु पर्ने बताए ।

प्रतिक्रिया