शनिबार, वैशाख १५, २०८१

रेशम चौधरीको कैद सजाय माफी, राष्ट्रपतिले दिए ४८२ जनालाई सजाय माफ

मेरोन्यूज २०८० जेठ १४ गते १८:२८

काठमाडौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद भुक्तानी गरिरहेका रेशम चौधरीले सजाय माफी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिसअनुसार पौडेलले चौधरीलाई माफी दिने निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढासमेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’

त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने कूल ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।

प्रतिक्रिया