बिहीबार, वैशाख १३, २०८१

कोशी प्रदेशको नाम सच्याउन जसपाको माग

मेरोन्यूज २०८० जेठ १४ गते १७:५२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशको नाम अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै अहिले राखिएको नामलाई खारेज गर्न माग गरेका हुन् ।

अध्यक्ष यादवले ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई सम्बोधन हुने गरी पुनः नामाकरण गर्न माग गरेका हुन् । उनले सरकारले जनप्रदर्शनलाई दमन गर्ने खोजेको भन्दै यी काम बन्द गर्न आग्रह गरे ।

प्रतिक्रिया