शुक्रबार, वैशाख १४, २०८१

नवाजुद्दीन भन्छन्- हामी जस्ता कलाकार मरेपछि मात्र सम्मान पाउँछाैं

मेरोन्यूज २०८० जेठ १४ गते १६:४४

काठमाडाैं । आफ्नो २४ वर्षको करियरमा थुप्रै सुपरहिट फिल्म दिए पनि नवाजुद्दीन सिद्दीकीलाई एउटा कुराको गुनासाे छ ।

नवाजले हालैको एक अन्तर्वार्तामा आफूजस्ता कलाकारलाई निर्माताले ठूला बजेटका फिल्ममा मुख्य भूमिकाको प्रस्ताव कहिल्यै नगरेकाे बताए । उनले मनोज बाजपेयी र इरफान खानजस्ता कलाकारलाई मुख्य भूमिका दिएर कुनै पनि ठूलो बजेटको फिल्म नबनेको बताए ।

नवाज भन्छन्, ‘इरफान खान होस् वा मनोज बाजपेयी, हामीसँग कसैले ठूलो फिल्म बनाउँदैनन् । हामीलाई उद्योगमा ठूला कलाकार भनिए पनि हामीमा ५० करोड रुपैयाँसम्म लगानी गर्दैनन् । हामीजस्ता कलाकार मरेपछि महान भनिन्छ तर जिउँदै सम्मान पाउँदैनौं ।’

नवाजले भने, ‘अहिले उद्योगमा धेरै मध्यम कलाकारहरू छन् जो पैसा र शक्तिशाली साथीहरू भएकाले मात्रै अवसर पाइरहेका छन्।’ शक्तिशाली साथी भएकै कारण आफूहरू यस्ता कलाकारको विरुद्धमा केही बाेल्न पनि नसक्ने नवाजले बताए ।

नवाजको फिल्म ‘जोगिरा सारा र रा’ हालै हलमा रिलिज भएको छ । फिल्म उनीसँगै नेहा शर्मा मूख्य भुमिकामा छिन् ।

प्रतिक्रिया