शुक्रबार, वैशाख १४, २०८१

अस्वस्थ रहेको भन्दै इन्द्रजित राईद्वारा बयान दिन इन्कार !

मेरोन्यूज २०८० जेठ १४ गते १३:४१

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी इन्द्रजित राईले जिल्ला अदालतका न्यायाधीशसमक्ष बयान दिन घुमाउरो पारामा इन्कार गरेका छन् । ‘स्वास्थ्य ठीक’ नभएको बयान दिन इन्कार गरेका राई अहिले अदालतमै आफ्ना वकिलसँग छलफलमा जुटेका छन् । राईले स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि आफूले बयान दिने बताएको निकटस्थ स्रोतले जानकारी दियो ।

आफूले बयान दिँदा मुख्य विषयमा अलमल परिन्छ कि भनेर बयान दिन घुमाउरो पालामा राईले इन्कार गरेको अदालत स्रोतले बतायो ।

शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान न्यायाधीशसमक्ष लिइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।

गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो । कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

प्रतिक्रिया