मंगलबार, वैशाख ११, २०८१

काभा वुमन्स भलिबल च्यालेन्ज कपः उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

मेरोन्यूज २०८० जेठ १४ गते १३:१७

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा अघिल्ला दुई संस्करणको विजेता नेपाल यस पटक उज्वेकिस्तानलाई हराउँदै तेस्रो हुन सफल भएको हो। नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

नेपालसँग पराजित उज्वेकिस्तान अघिल्लो संस्करणको उपविजेता हो जसलाई भारतले यसअघिको सेमिफाइनल भिडन्तमा ३–० को सोझो सेटमा हराएको थियो।

प्रतिक्रिया